कोरोनाका कारण बन्द उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खोल्ने तयारी



काठमाडौं असोज २८ ।

कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी भएको जनाइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि देशभरका देशरभरीकै मन्दिर बन्द गरिएको थियो ।

दशैं तिहार नजिकिएसँगै मन्दिरमा पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता भएकाले खोल्न लागिएको बताइएको छ । शक्तिपीठहरु खोल्ने बारेमा भने सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्