काठमाण्डौको सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते



काठमाडौं असोज २९ ।

काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिए । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्