‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा एक किशोर पक्राउ



काठमाडौं असोज ३० ।

बलात्कारी संगठनका नाइके पक्राउ परेका छन् ।

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा नेपाल प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपरासीमा बस्दै आएका नवीन बस्नेत रहेको प्रहरीले जनाएको छ । १९ वर्षीय बस्नेतलाई नवलपरासीबाट पक्राउ गरी काठमार्डौ ल्याइएको साइबर ब्यूरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।

ग्रुपमा अश्लिल विषय लेखिएको पाइएकाले प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो । उनले यो ग्रुप किन बनाए भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बढ्दो बलात्कार र महिला हिंसाका घटना भइरहेको समयमा यसको विरोधमा केही समयअघि अधिकारकर्मीले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्