नुवाकोटका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध

नुवाकोट असोज ३० ।
नवरात्रका समयमा जिल्लाका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
जिल्लामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा धार्मिक स्थलमा मानिसहरुको जमघटले कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले शुक्रवार एक सुचना जारी गर्दै नित्य पुजा बाहेकका गतिविधी नगर्न आग्रह गरेको छ ।
सुचनाको अटेर गरी कसैले त्यस्ता गतिविधी गरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने चेतावनि पनि दिएको छ ।
