जमराको महत्व: संस्कृतिदेखी स्वास्थ्यसम्म !



शनिवारबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ ।
मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको स्वास्थ्यका लागि पनि उत्तिक महत्वपूर्ण छ । हरियो ताजा हुने कारणले गर्दा प्रसादको रुपमा जमरा दिने चलन विकसित भयो । जमरा जौको राख्ने गरिन्छ । जौ प्राप्त नहुँदा गहुँ र मकैको पनि राख्ने गरिएको छ । घाममा राखेको जमरामा औषधीय गुण हुन्छ । नवरात्री यमद्रष्टाको समयमा पर्ने र यो समयमा रोग लाग्ने हुँदा रोग नलाग्नको लागि जमराको रस बढी फाइदाजनक हुन्छ । त्यसकारण जमराको रस प्रयोग हुने भएको हो । जमरा खाने चलनचाहिँ आएन । पछि पछिल्लो समय जुसको रुपमा बढी आएको छ । कतिपयले रस खान्छन् भने सिधै पनि खान सकिन्छ ।

जमराले स्वास्थ्यमा गर्ने फाइदाहरु

जमराको जुस सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउछ । विभिन्न किसिमका रोगको उपचार गराउन सक्छ जमराले । नौरथामा जमराको रस खाने कुराहरु उल्लेख नगरे पनि अहिले विश्लेषण गर्दा जमरामा रहेको त्यो औषधीय गुणको महत्व पनि थाहा पाएपछि पछिल्लो समय जमराको जुसलाई स्वस्थकर जुसको रुपमा प्रयोग गर्न थालिएको छ । जमरामा फाइवर पाइने हुँदा जमरा स्वास्थ्यवर्धक मानिन्छ । पोषकतत्व पाइने हुँदा मुटु रोग, क्यान्सर, मधुमेहको जोखिम कम गर्ने तथा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ । क्लोरोफिन, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बि कम्प्लेक्स जस्ता विभिन्न किसिमका भिटामिनहरु लगायतका तत्वहरु यसमा पाइन्छ । जमरामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिक्यान्सर जस्ता गुण पाइन्छ । जौ प्रयोग घरमा नै उमारेर प्रयोग गर्न पनि सकिन्छ । आयुर्वेदिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । शरीरमा प्रोटिनको मात्रा बढाई ऊर्जा प्रदान गर्न यसले सघाउँछ । यसले रुघा, खोकी, ज्वरो जस्ता रोगसँग लड्ने प्रतिरोधी क्षमता प्रदान गर्दछ । खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई सहयोग गर्छ । मधुमेह, मुटु रोगजस्ता रोगबाट बच्न मद्दत गर्दछ, साथै तौल सन्तुलनमा राख्न पनि मद्दत गर्दछ ।


जमराको वैज्ञानिक महत्व


वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन । वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट , प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रसस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँ को सातु के गाउँ , के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरु भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ विस्थापित हुँदै गएको छ , जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरुले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँ को महत्व अझै धेरै भएको प्रष्ट हुन्छ । अध्ययनहरुले अंकुरित जौँ मा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । गाउँघरतिर पहिले देखी नै दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खान दिइन्थ्यो । यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा सम्बृद्धिको प्रतिक जमरा मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।


जमराको अचार, सलाद, तरकारी


मराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमारा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्