दाङमा चितुवाको छालासहित १ पक्राउ



दाङ,कात्तिक ३ । दाङमा प्रहरीले चितुवाको छाला सहित १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना निवासी ५० बर्षीय इन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।शुक्रबार राति करिब साढे ८ बजेतिर घोराही उपमहानगरपालिका १५ तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भइरहेको छ, भन्ने विषेश सुचनाको आधारमा जिप्रकाबाट गएकोे प्रहरी टोलीले घर्तीलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।घर्तीले घरको कोठामा प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको (बंगरा) देखी पुच्छर सम्मको पुरै भागको लम्बाई ७ फिट ८ ईन्च भएको चितुवाको छाला फेला परेको समेत उनले बताए ।

घर्तीलाई प्रारम्भिक अनुसन्धान पुरा गरी राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कारवाहीको लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्