सुनको मूल्य फेरि २ सयले गिरावट



काठमाडौं कात्तिक ३ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार मूल्य कायम भएको हो । आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्