सुनको भाउ फेरि ३ लाखमुनि झर्यो, चाँदी पनि तोलामा १६५ रुपैयाँले घट्यो
काठमाडाैं,असोज ८। नेपाली बजारमा सुनकाे मूल्य आज फेरि ३ लाखमुनी झरेको छ। हिजाे ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ३ हजार २ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकिएकाे छ।
हिजाे छापावाल सुन प्रतिताेला ३ लाख २ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे।
त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ ।

