भैरहवाको पेट्रोल पम्पमा आगलागी,तीस हजार लिटर डिजेल नष्ट



बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ ।

सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा एक्कासी आगलागी भएको हो ।आगलागीबाट लु२ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको छ भने ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते हुनुभएको छ ।

आगो सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्