नुवाकोटको शिवपुरी गाउँपालिकामा कार्यरत ७ कर्मचारीमा कोरोना पोजिटिभ



नुवाकोट, कात्तिक ५ । शिवपुरी गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पुर्ण कार्यक्रम बन्द गरेको जनाएको छ।

गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा सुचित सो सूचनामा पोजिटिभ पाइएको कर्मचारी सेल्फ आइसोलेसनमा रहन र आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ।
चाडबाड नजिकिएकाले विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य मन्त्रालयको मापदण्डमा रही पर्व मनाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ।

नुवाकोट जिल्लामा पछिल्लो दिन यता कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भैरहेको पाइएको छ।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्