नेपालका दुई हिमाल चढेर बहराइन राजकुमार स्वदेश फर्किए



काठमाडौं कात्तिक ७ ।

नेपालमा हिमाल आरोहणका लागि आएका मध्यपूर्वी देश बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले हिमाल आरोहण गरेर आज स्वदेश फर्किएको छ।

सो टोलीका सदस्यहरु राजकुमारसहित चार्टर्ड जहाजमा भदौ ३१ गते काठमाडौं आएका थिए। उनीहरुले यसबीचमा हिमाल आरोहण गरेका थिए र शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनीहरुको उक्त टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्।

राजकुमार अलिफाको टोली गत असोज २० मा मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए। उनीहरुले गत असोज १९ मा सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।

नेपालमा पनि कोरोना भाइरसको प्रकोपका कारण लकडाउन नै भएका बेला बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्न नेपाल आउन चाहेपछि नेपाल सरकारले अनुमित दिएको थियो ।

यो टोली लकडाउनपछिको पहिलो हिमाल आरोहण दल भएको पनि नेपाल सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्