कपिलवस्तुमा पोखरीमा डुबेर दुईको मृत्यु



कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार विहान कमलको फूल टिप्न गएका दुई युवा माहाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा माहाराजगञ्ज नगरपालिका वडा ५ निवासी ३२ वर्षीय अशोक कुमार पाठक र सोहि वडा निवासी २६ बर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बिहानै पुजाको लागि फुल टिप्न गएका उनीहरु पोखरी डुबेको थाहा पाएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जनाको शव स्थानियले पोखरी बाट बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको भण्डारीले बताए ।

दुई जनाको शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्