सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ, कात्तिक १२ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

