जनकपुरविरुद्ध काठमाण्डुद्वारा पहिले ब्याटिङ



नुवाकोट, कात्तिक १२ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु भएको हो।

काठमाण्डुले प्रतियोगितामा पहिलो खेल खेल्दैछ। जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा रहेको काठमाण्डुसँग जनकपुर भने पहिलो जितको खोजीमा छ। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्नेछन्। खेल अपराह्न ५ बजे सुरु हुनेछ। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगर पहिलो जितको खोजीमा छ भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। एनपीएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्