दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या



काठमाडौँ,कात्तिक ८ । दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या भएको छ ।

बंगलाचुली गाउँपालिका २ का २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेका हुन् ।

वीरबहादुरले शुक्रबार राती घरको छतबाट धकेलेर बाबुको हत्या गरेका हुन् । छतबाट खस्दा बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य विवादपछि छोराले बुबालाई कुटपीट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

वीरबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्