जाजरकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु



जाजरकोट कात्तिक ८ ।

जाजरकोट छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ​

घटनामा मृत्यु हुनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल रहेका छन् । त्यस्तै घटनामा घाइते हुनेमा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा रहेका छन् ।

घाइतेहरुको स्थानीय स्वास्थ चौकी दशेरामा प्राथमिक उपचारपछि वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत सङ्घीय तथा प्रदेश सभासद ,स्थानीय जनप्रतिनिधि र स्थानीयको पहलमा एअर एम्बुलेन्समा प्रदेश अस्पताल सुर्खेतमा लैजाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्