काठमाडौंको सुन्धारास्थित मदिनी मस्जिद तोडफोड गर्ने पक्राउ



काठमाडौं कात्तिक ८ ।

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्नेलाई पक्राउ गरिएको छ । शनिवार महर्जनको समूहले सय वर्ष बढी पुरानो मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए।

उक्त मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं २२ का वडा सदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताए ।

मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।

यसैबीच, डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास गरे ।

प्रतिक्रिया दिनुहोस्