जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु



जाजरकोट,कात्तिक ८ । जाजरकोटमा माटोको ढिस्कोले पुर्दा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, घटनामा थप २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा छेडागाड नगरपालिका ३ दशेरा चुवाकी १७ वर्षीया किशोरी आरती दाहाल र ३० वर्षीया सितला जैसी रहेका छन् । उनीहरुको दशेरा प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु शनिबार मृत्यु भएको हो ।

त्यस्तै, घाइते हुनेमा स्थानीय २४ वर्षीया सरिता जैसी र छेडागाड नगरपालिका ४ की ५१ वर्षीया धनसरा चदरा रहेका छन् ।

उनीहरुको दुवैको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेत लगिएको छ ।

उनीहरु शनिबार बिहान साढे ८ बजेतिर दसैंका लागि घर लिप्ने माटो खन्न खाडलमा पसेर माटो खनिरहेका बेलामा माटोको ढिस्कोले पुरेको थियो । अहिले पनि कतिपय गाउँहरुमा माटोले घर लिप्ने चलन रहेको भएतापनि वर्षेनी केही महिलाहरुले ज्यान गुमाउने तथा अंगभंग हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्