नुवाकोटमा थप ३० जनामा कोरोना संक्रमण, कुल संक्रमित ४१० पुग्यो

नुवाकोट,कात्तिक ८ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार ५० जनामा पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका १७ पुरुष र ८ महिलासहित २५ जना र सुर्यगढी गाउँपालिकाका ४ महिला र एक पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १० जना डिस्चार्ज भएका छन् । जिल्लामा कोरोना संक्रमण निको भइ घर फर्किनेको संख्या १ सय ६३ पुगेको छ ।
पछिल्लो तथ्यांक
