ललितपुरको नख्खुमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

ललितपुर कात्तिक ९ ।
ललितपुरको नख्खुमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।