तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुन्छ : मन्त्री तुम्वाहाम्फे



तेह्रथुम कात्तिक ९ ।

कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताएकी छन् ।

तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान कार्यक्रममा उहाँले तेजाब आक्रमणका दोषि तथा मतियारहरुलाई कानुनले तोके अनुसारको कडा सजाय हुने बताइन् ।

उनले त्यस्तो जघन्य अपराध गर्नेहरुलाई बीस बर्ष कैद हुने प्रष्ट पारिन् । सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुग्न नसकेको उनको गुनासो थियो । दशैं मनाउन गृह जिल्ला तेह्रथुम पुगेकी मन्त्री तुम्बाहाम्फेले जिल्लामा रहँदा योजनाहरुको अनुगमन,शान्ती शुरक्षाको बारे जानकारी लिने र कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्