थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ सय ३६ जना डिस्चार्ज



काठमाडौं कात्तिक ९ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्