कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु



कैलाली कात्तिक ९ ।

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्