काठमाण्डौको टोखामा कारको ठक्करबाट बालिकाको मृत्यु



काठमाडौं कात्तिक १० ।

काठमाण्डौको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु भएको छ ।

टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्