दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु



काठमाडौं कात्तिक १० ।

दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको छ ।

सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको छ। काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको छ। तर काठमाडौंमा जघन्य प्रकृतिका अपराध नभएपछि फाटफुट चोरी भएको प्रहरीको दाबी छ ।

चार्ड पर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार भन्दा बढी बर्दी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान सिआरभी, क्विक रेस्पोन्स टिम क्युआरटी र साइकलमा समेत प्रहरी परिचालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्