हाम्रो टीम नेपालद्वारा खुलामञ्चमा ३ सय जनालाई सामूहिक टीका

काठमाडौं कात्तिक १० ।
काठमाडौंको खुलामञ्चमा झण्डै ३ सय जनाले दशैंको टीका सामूहिक रुपमा लगाएका छन् ।
लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो ।
खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा समेत दिएको छ । यस्तै दशैंको अवसरमा मासुभात पनि खुवाइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले बताए ।
टिमले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खुवाउदै आएको छ । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने अध्यक्ष पन्तले बताए ।