खोटाङमा ट्याक्सी दुर्घटना, तीन जनाको मृत्यु



खोटाङ कात्तिक ११ ।

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्