सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु



सप्तरी कात्तिक ११ ।

सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का मुकेश सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का २५ वर्षका अनिलकुमार यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्