पाकिस्तानको एक मदरसामा बम विस्फोट, ७ जनाको मृत्यु



एजेन्सी कात्तिक ११ ।

पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

बीबीसीले जनाए अनुसार पेसावरको उत्तरी शहरमा भएको उक्त बम विस्फोटमा परेर ७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेको जनाइएको छ ।

स्थानीय समय ८ बजेर ३० मिनेटमा विस्फोट भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्