पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ,कात्तिक १ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी समयमा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै, ती क्षेत्रका केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।

