दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ



धनगढी कात्तिक १२ ।

कैलालीमा दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा दुई लाख २३ हजार पाँच सय नगदसहित पाँँच जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नगदसहित गौरीगंगा नगरपालिका वडा नम्बर ६ बस्ने ६० बर्षका भक्तबहादुर शाही, सोही ठाउँ बस्ने ५२ वर्षीय बिरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र ३६ वर्षका रंग साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्