दशैंका कारण बन्द सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था खुले



काठमाडौं कात्तिक १२ ।

बुधबार आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् ।

गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण खासै चहल पहल भने भएन ।

दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौ सहित मुख्य शहरमा केहि चहलपहल बढ्नेछ । दशैँ टिकाको तेस्रो दिन आजपनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

हिजो र अस्ति लगाउन नभ्याएका र टाढा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।

दशैँमा नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्