सप्तरीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु



सप्तरी कात्तिक १२ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

बा १८ च ७७३४ नम्बरको कारले ठक्कर दिँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका ७५ वर्षका तिलक सुरेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार कारले बाटो काट्न लागेका सुरेतलाई ठक्कर दिएको हो । ठक्कर दिएपछि भाग्न खाजेका कार चालकलाई प्रहरी चौकी मोहलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्