डोटीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु



डोटी कात्तिक १२ ।

डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी पाँच वर्षीया छोरी मनिषा र तीन वर्षीया सिर्जना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिंगालले टोकेर गम्भीर घाइते भएका दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयबासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्