भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन



एजेन्सी कात्तिक १३ ।

भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ ।

९२ वर्षको उमेरमा उनको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।

केशुभाई गुजरातमा दुई पटक मुख्यमन्त्री बन्नुभएको थियो । सन् १९९५ मा मुख्यमन्त्री बनेका उनले पार्टीमा विवाद भएपछि सात महिनामा नै राजीनामा दिएका थिए । त्यसपछि उनि सन् १९९८ मा फेरि मुख्यमन्त्री बनेका थिए ।

सन् २००१ मा पार्टीको असन्तोष र आफ्नो स्वास्थ्यमा आएको खराबीका कारण उनले राजीनामा दिएका थिए । त्यसपछि भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री बनेका थिए । गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलले सन् २०१४ मा राजनीतिबाट सन्न्यासको घोषणा गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पटेललाई श्रद्धाञ्जली दिँदै शोक व्यक्त गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि पटेलको निधनप्रति समवेदना जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्