काठमाडौंको तापक्रम यो वर्षकै कम मापन



काठमाडौं,कात्तिक १४ । काठमाडौं उपत्यका लगायत देशभरको न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको छ ।

काठमाण्डौको शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिवार र बुधबार काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढकोे मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ ।

शुक्रबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्