म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु



म्याग्दी कात्तिक १४ ।

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

ध१ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा १० वर्षीया रिया विकको मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

जीपमा ११ जना यात्रु रहेको बताइएको छ । घाइते हुनेमा जीप चालक र एक यात्रु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्