सेनेगलमा डुंगा दुर्घटना,१ सय ४० जना आप्रवासीको मृत्यु



एजेन्सी कात्तिक १४ ।

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ ।

गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै सबैभन्दा ठूलो दुर्घटना भएको अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएमले टिप्पणी गरेको छ । सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २ सय व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ ।

तर, सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । इओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्