काठमाडौँको टोखामा छुरा प्रहार गरी एक जनाको हत्या



काठमाडौं कात्तिक १४ ।

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।  

गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्