विहेको भोज खाएर बिरामी हुनेको संख्या २४ पुग्यो



कञ्चनपुर, कार्तिक १५ । कञ्चनपुरमा विहेको भोज खाएर बिमारी हुनेको संख्या २४ जना पुगेको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयले शुक्रबार गाउँमै विवाहको भोज खाएका थिए ।

भोज खाएका मध्ये १६ जना स्थानिय शुत्रबार नै बिमारी परेका थिए भने शनिबार थप आठ जना बिमारी परेका हुन ।

भोजमा गएर बिमारी परेका सबैको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फूड प्वोईजनबाट सबै बिरामी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्