कञ्चनपुरको जङ्गलमा दुई जनाको शव भेटियो



कञ्चनपुर कात्तिक १५ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलामा रहेको जङ्गलमा दुई जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षका टेकबहादुर कोली र १६ वर्षकी सीता साउदको शव भेटिएको हो । गएको असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका दुवै जनाको शव आज बिहान जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गएको मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका चौधरीको शव आज भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्