काठमाडौं लगायत देशका विभिन्न स्थानबाट नगद सहित ६४ जना जुवाडे पक्राउ



काठमाडौं कात्तिक १५ ।

काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका ३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको जोशीपुर गाउँपालिका १ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञ बहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै तनहुँको भानु नगरपालिका १० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उता डडेल्धुराको अमरगढी नगरपालिका ५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

साथै महोत्तरी, मनराशिश्वा नगरपालिका ७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद कुमार साह समेत ३ जनालाई नगद ३ लाख ३२ हजार ९६० रुपैयाँ र ९ थान कौडासहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्