मंसिरदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न दिने, ९२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य



काठमाडौं कात्तिक १६ ।

आगामी मंसिर १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमण खुला गर्ने तयारी गरिएको छ।

नेपाल पर्यटन बोर्डले गठन गरेको ‘टुरिजम रिकभरी टास्कफोर्स’ ले विदेशी पर्यटकलाई सर्तसहित आउने दिने कार्यविधि तयार पारेको हो। उक्त कार्यविधि मन्त्रिपरिषदमा पठाउने तयारी गरिएको छ।

कार्यविधि जस्ताको तस्तै स्वीकृत भए नेपाल भ्रमणमा आउँदा पर्यटकले ९२ घण्टा अघिको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ। कार्यविधिमा पर्यटकलाई तीन दिन होटल क्वारेन्टिनमा राख्ने प्रस्ताव पनि गरिएको छ।

सरकारले यसअघि एक साता होटल क्वारेन्टिनमा बस्ने गरी हिमाल आरोहणका लागि आउने पर्यटकलाई अनुमति दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्