काठमाडौंको तिनकुनेमा एक पुरुषको शव फेला



काठमाडौं कात्तिक १६ ।

काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ३० वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

सो विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्