कैलालीमा जीप दुर्घटना एक जनाको मृत्यु, १५ जना घाइते



कैलाली कात्तिक १६ ।

कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवीन पुन मगरले जानकारी दिएका छन । उनका अनुसार महोन्याल गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय कविराज भण्डारीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार डोकेबजारबाट कोलडीतर्फ जाँदै गरेको सु.प ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा घोडाघोडी नगरपालिका–८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका–४ का ४० वर्षीय भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका–२ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँका ४७ वर्षीय मोहनकुमार उपाध्याय, ६० वर्षीय कविराज भण्डारी र मोहन्याल गाउँपालिका–४ का ३५ वर्षीया बसन्ती भण्डारी घाइते भएका छन्।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र सावित्र पाण्डे, घोडाघोडी नगरपालिका–८ का ७६ वर्षीय बीरबहादुर बुढा, घोडाघोडी नगरपालिका–५ का यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका–४ का १५ वर्षीय खगेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका–१ की १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर तथा सोही ठाउँका ६२ वर्षीय केवलसिह ठकुरी घाइते भएका छन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटना भएको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। सो जीपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्