उपत्यकामा सामान्य बेडलाई आईसीयुमा रुपान्तरण गर्दै



काठमाडौं, कार्तिक १७ । वाग्मती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धिसंगै आईसीयु बेड ब्यवस्थापनमा सरकार जुटेको छ। नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा राखेर संक्रमितको उपचार भैरहेको छ । त्यस्तै नेपालभरमा ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर रहेकोमा ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको जनाएको छ ।

तंथ्याङ्गलाई हेर्दा बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको सख्या धेरै भएकाले आईसीयु तथा आइसियुसँगैको भेन्टिलेटर बेडको संख्यामा भने अभाव देखिएको छ । यसलाई मध्यनजर गर्दै सामान्य बेडलाई समेत आईसीयु बेडमा रुपान्तरण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सगम्रमा अहिलेको अवस्थामा हेर्ने हो भने बागमती प्रदेश बाहेकका अन्य प्रदेशमा आईसीयू तथा भेन्टिलेटर बेडको मौजाद संख्या सन्तोषजनक देखिएको बताइएको छ।

यससंग सम्बन्धित समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्