इजरायलमा नेपाली कामदार पठाउने ‘प्रोटोकल’ तयार



काठमाडौं,कार्तिक १८ । इजरायसँग गत असोजमा भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ ।

इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो ।

प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्