थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १४२ जना डिस्चार्ज



काठमाडौं कात्तिक १८ ।

पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्