काठमाडौं उपत्यका एक हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक १८ ।

काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।

काठमाडौंमा ६५ हजार ७ सय ८८ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४९ हजार ६ सय ७६ जना निको भइसकेका छन् भने २४९ जनाको मृत्यु भएको छ। यस्तै, १५ हजार ८ सय ६३ जना संक्रिय संक्रमित छन् ।

यसैगरी, भक्तपुरमा ५ हजार ९ सय ६६ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८७९ जना निको भइसकेका छन् भने ६८ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित १०१९ जना छन्।

त्यस्तै, ललितपुरमा ९३१४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६९८७ जना निको भइसकेका छन् भने ६३ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २२६४ छन्।

प्रतिक्रिया दिनुहोस्