सात दिन भित्रै कोरोना बीमा भुक्तानी गर्न सरकारको निर्देशन



काठमाडौं, कार्तिक १९ । कोरोना बीमा ७ दिन भित्रै भुक्तानी गर्न सरकारले निर्देशन गरेको छ। बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । कोरोना बीमा मापदण्डअनुसार नै रहेर ७ दिनभित्र दाबी भुक्तानी दिन सरकारले निर्देशन दिएको हो ।

यस सम्बन्धमा अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिको निर्देशनमा उल्लेख छ । अर्थ मन्त्रायले १ हप्ताभित्रै दाबी भुक्तानी दिने व्यवस्था गर्न भनेपछि यस सम्बन्धमा निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल बताउँछन् ।

‘अर्थ मन्त्रालयले मंगलवार नै यस सम्बन्धमा पत्र पठाएको थियो । त्यसपछि हामीले मंगलवार नै निर्देशन जारी गरेका हौं,’ उनले भने, ‘सम्भवतः अब कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेडिङमा रहेको दाबी पनि छिट्टै भुक्तानी हुनेछ ।’

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्